Logo

माओवादी नबने बाबुरामलाई चुनाव मुश्किल



काठमाडौं, २६ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यसपटकको चुनाव मुश्किल बन्दै गएको छ । न त उनी सत्ता गठबन्धनमा अटाउने निश्चित छ न त गोरखाबाट समाजवादी पार्टी एक्लैबाट चुनाव लड्ने निश्चित छ ।

बाबुराम यतिबेला आफूलाई चुनावी तालमेलमा सहभागी गराई हिस्सा दिनुपर्ने भन्दै दौडधूपमा छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी यही विषय राखे । माओवादी अध्यक्ष प्रचण्डलाई पनि भेटेर यही कुरा राखे । प्रचण्डसँग विगतमा समाजवादी केन्द्र बनाउने प्रस्ताव राखेर काम गरे । तर, प्रचण्ड तयार भएनन् ।

अहिले बाबुराम एउटै चुनाव चिन्ह लिएर जाने प्रस्ताव लिएर प्रचण्ड कहाँ गए । बाबुरामले कम्युनिस्ट सिद्धान्त त्यागिसकेकाले फेरि माओवादी बन्न मुश्किल छ । तर, उनले माओवादीको चुनाव चिन्ह लिएर बढ्ने सम्भावना बढेको छ । तर, माओवादी नबनी बाबुरामलाई मुश्किल छ ।

यसपटक पूर्वप्रधानमन्त्री मध्येमा बाबुराम भट्टराई सबैभन्दा समस्यामा छन् । उनका लागि टेक्ने हाङ्गा नै नभएको जस्तो भएको छ । यसैकारण शिर्ष नेताहरुको दैलो दैलो भौतारिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्