Logo

सिट १६५ गठबन्धनका दलको दाबी कट्यो २१०



काठमाडौं, २६ साउन । सत्ता गठबन्धनभित्र सिट दाबीको लहर नै चलेको छ । प्रतिनिधि सभामा १६५ सिटमध्ये गठबन्धनका दलहरुको दाबी २१० कटिसकेको छ । यसले सिटमा सहमति बनाउन निकै कठिन हुनसक्ने संकेत देखिएको छ ।

नेपाली काँग्रेसले १०० सिट, नेकपा माओवादी केन्द्रले ५० र नेकपा एकीकृत समाजवादी पार्टीले ३३ सिट दाबी गरेका छन् । यी दलका नेताहरुले खुलेरै यसबारे बोलिसकेका छन् । अहिले माग भएको यी सिटमात्र जोड्ने हो भने मात्र पनि १६५ कट्छ ।

जनता समाजवादी पार्टीको पनि आफ्नै माग छ । उसले पनि कम्तिमा २० देखि २५ सिट दाबी गर्ने संकेत गरेको छ । राष्ट्रिय जनमोर्चाको पनि कम्तिमा ५ सिट माग हुने देखिएको छ ।

बाबुराम भट्टराईको नयाँ दलले पनि ५ सिट दाबी गर्ने संकेत गरिसकेको छ । बाबुराम भट्टराई र महेन्द्र राय यादव उक्त दलबाट बहालवाला सांसद नै छन् । हिसिला यमी र मानुषी यमी भट्टराई पनि चुनावी तयारीमा छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि गठबन्धनमा सामेल गर्ने प्रयास चलिरहेको छ । त्यस्तो अवस्थामा उसको पनि कम्तिमा २० सिट दाबी हुनसक्छ ।

गठबन्धनका दलले जति सिट दाबी गरेपनि काँग्रेसले १६५ मध्ये आधा र बाँकी दलले आधा पाउने सम्भावना छ । माओवादीले ४० देखि ४५, नेकपा एसले अधिकतम २०, जसपाले अधिकतम १५ र राष्ट्रिय जनमोर्चाले अधिकतम ३ सिट पाउने सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्