Logo

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ती निर्णय रद्द गर्न माग गर्दै सर्वोच्चमा रिट दायर



काठमाडौं, २६ साउन । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ती निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अध्यक्ष बन्न केसी योग्य नभएको रिट निवेदनमा भनिएको छ । गत साउन ९ गते बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो ।

बोर्ड अध्यक्षका लागि केसीसहित अरुणकुमार प्रधान दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्की सर्ट लिस्टमा परेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्