Logo

श्रीलंकाको ऊर्जा बजारमा चिनियाँ कम्पनी जान खोजेपछि…



एजेन्सी, २६ साउन । श्रीलंका ठूलो आर्थिक संकटमा छ । यसका पछाडि चिनियाँ ऋणलाई पनि एउटा कारण बताइएको छ ।

चिनियाँ कम्पनीहरु धेरैवटा श्रीलंकामा सक्रिय छन् । पछिल्लो समय सिनोपेक नामको ऊर्जासम्बन्धी कम्पनी श्रीलंकाको तेल बजारमा पस्न खोजेको स्थानीय मिडियाले उल्लेख गरेको छ । डेली मिररले उक्त कम्पनीले तेलको आयात, वितरण र विक्रीका लागि अनुमति लिन खोजिरहेको उल्लेख गरेको छ ।

श्रीलंका सरकारले थप कम्पनीलाई तेल उत्पादन, आयात देखि वितरणको अधिकार दिने अनुमोदन गरेपछि चिनियाँ कम्पनीले पनि अनुमतिको लागि सक्रियता बढाएको हो । उसले प्रस्ताव नै ऊर्जा मन्त्रालयमा पठाइसकेको बुझिएको छ ।

चीनले ऋणको पासोमा पारेको भन्दै श्रीलंकामा असन्तुष्टिहरु बढेका छन् । यसबीच चिनियाँ कम्पनी तेलको बजारमा पुग्न खोजेपछि चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस्