Logo

पाकिस्तानको बलुचिस्तानका बाढीपीडितलाई विना राष्ट्रिय कार्ड राशन रोक



एजेन्सी, २६ साउन । पाकिस्तानको बलुचिस्तानमा भारी वर्षाले यसै हप्ता ठूलो जनधनको क्षति पुर्यायो । हजारौं मानिसहरु बाढीबाट प्रभावित भए । पाकिस्तान सरकारले राहत पनि वितरण गर्यो । तर, उसले राशन वितरणमा अनिवार्य राष्ट्रिय परिचय पत्र हुनुपर्ने भन्यो ।

बाढीपीडितले प्रशासनलाई अनिवार्य सक्कल राष्ट्रिय परिचयपत्र देखाउन भनिएको बाढीपीडितको आरोप छ । जिओ न्यूजका अनुसार बाढीबाट कार्ड नै हराएकाहरुले समेत राशन नपाएको गुनासो गरे । उनीहरुले प्रशासनलाई समस्या समाधानको आग्रह गरे ।

राशनका लागि बाढीपीडितहरु लाम बस्दा राष्ट्रिय परिचयपत्रको कार्ड मागिएको पीडितको भनाई उदृत गर्दै जिओ न्यूजले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot