Logo

राज्यमन्त्री श्रेष्ठको रोजाईमा इलेक्ट्रीक कार ‘बीवाइडी इ-सिक्स’



काठमाडौं, साउन २६ । राज्यमन्त्री तथा ब्यवसायी उमेश श्रेष्ठले विद्युतीय कार बीवाइडी इ-सिक्स खरिद गरेका छन् । आफ्नो निजी रकमबाट विद्युतीय कार किनेर चढ्ने श्रेष्ठ बहालवाल मन्त्री भएका छन् ।

गाडीको साँचो बुझ्दै राज्यमन्त्री श्रेष्ठले आरामदायी र धेरै रेन्ज दिने गाडी भएको कारण आफ्नो रोजाईमा बीवाइडी इ(सिक्स परेको बताए । सन् २०२१ मा आएको नयाँ जेनेरेशन इ-सिक्सले धेरै ग्राहकको मन जित्न सफल हुँदै आएको छ ।

नयाँ ई–सिक्स नेपालमा उपलब्ध सबैभन्दा धेरै क्षमताको ब्याट्री रहेको गाडी हो । यसमा बीवाइडीको नविन टेक्नोलोजी युक्त ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसले एक पटकको फुलचार्जमा ५२२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा रहेको ब्याट्री ४ हजार चार्जिङ साइकल चल्ने दाबी कम्पनीले गरेको छ ।

सामान्यतया ठूलो गाडी लामो यात्राको लागि उपयोगी मानिन्छ । नयाँ जेनेरेशन बीवाइडी ई-सिक्सको लम्बाई ४६९५ एमएम, चौडाई १८१० एमएम र उचाई १६७० एमएम रहेको छ । जसको कारण गाडी निकै फराकिलो र स्पेसियस पाउन सकिन्छ ।

बीवाइडीले यसमा २८०० एमएमको ह्वीलवेस, १७५ एमएमको ग्राउन्ड क्लियरेन्स र ५८० लिटरको बुट स्पेश दिएको छ । साथै यसमा १७ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।

रेन्ज बढाउन कम्पनीले यसमा ७० किलोवाट क्षमताको मोटर दिएको छ । अधिकतम १८० एनएम टर्क प्रदान गर्ने यो गाडी फ्रन्ट ह्वील ड्राइभ सिस्टममा रहेको छ ।

नयाँ जेनेरेशन ई-सिक्सको इन्टेरियर पनि निकै सार्प पाउन सकिन्छ । ५ इन्चको टीएफटी डिस्प्ले, लेदर र्याप स्टेरिङ ह्वील, टिल्ट एण्ड टेलिस्कोपिक एड्जस्ट गर्न मिल्ने स्टेरिङ ह्वील, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ४ वटा स्पिकर, प्रशस्त लेगरुम, लेदर सिट, ६ तरिकाले मिलाउन मिल्ने अगाडिको सिट जस्ता फिचर पाउन सकिन्छ ।

सुरक्षाको हिसाबले पनि बीवाइडीले यसमा थुप्रै फिचर दिएको छ । इलेक्ट्रीक पार्किङ ब्रेक, भेहिकल डाइनामिक कन्ट्रोल सिस्टम, ब्रेक ओभिरेड सिस्टम, ट्रयाक्सन कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट सिस्टम, एयरब्याग, स्मार्ट की सिस्टम, पछाडि ४ वटा सेन्सर लगायत पाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्