Logo

प्रभु बैंकको ब्रान्ड एम्बास्डरमा पुनः प्रदिप खड्का नियुक्त



काठमाडौं, २७ साउन । प्रभु बैंकको ब्रान्ड एम्बास्डरमा पुनः अभिनेता प्रदिप खड्का नियुक्त भएका छन् । नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खड्कालाई एक वर्षका लागि बैंकको ब्रान्ड एम्बास्डरमा पुनः नियुक्त गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकार खड्कालाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ति गर्नेसम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

खड्का विगत तीन वर्षदेखि प्रभु बैंकको ब्रान्ड एम्बास्डर रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्