Logo

माओवादी केन्द्र अब गठबन्धनबाट यु-टर्न हुँदैन, यही गठबन्धन पाँच वर्षसम्म जान्छ : वर्षमान पुन (भिडिओसहित)



काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुनले सत्ता गबठन्धनभित्र सिट बाँडफाँडमा शान्तसँग छलफल अघि बढेको र कुनै चर्काचर्की नपरेको स्पष्ट पारेका छन् । उनले अहिलेको गठबन्धन आगामी पाँच वर्षसम्म जाने पनि दाबी गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै दलका अधिकतम कार्यक्रमसहितको घोषणापत्र आ–आफ्नो हुने स्पष्ट पारे ।

उनले आफूले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर कुनै छलफल तथा वार्ता नगरेको स्पष्ट पारे । उनले राजनीति लुकाएर नगर्ने भन्दै भनेर नै गरिने बताए । पुनले आफ्नो पार्टी अब गठबन्धनबाट युटर्न नहुने बताए । उनले आगामी निर्वाचनमा कुनै दलको बहुमत नआउने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्