Logo

हामीले २५ प्रतिशत सिटमा दाबी गरेका छौं, अब एमालेको पत्तासाफ हुने पालो आउँदैछ : जगन्नाथ खतिवडा (भिडिओसहित)



काठमाडौं, २७ साउन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पाँच दलीय गठबन्धनमा सिट बाँडफाँडलाई लिएर कुनै सकस र द्धन्द्ध नरहेको स्पष्ट पारेका छन् । उनले वर्तमान गठबन्धनले राजनीतिक स्थायित्वसहित पाँच वर्ष सरकार चलाउने पनि बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले आगामी निर्वाचनको लागि गठबन्धनभित्र २५ प्रशित दाबी गरेको सुनाए । उनले आफ्नो दलमा चुनाव जित्नसक्ने धेरै नेताहरु रहेको स्पष्ट पारे ।

उनले आम निर्वाचन स्वयममा हैसियत जाँच गर्ने निर्वाचन भएकोले आफूहरुको हैसियतपनि निर्वाचनपछि देखिने बताए । उनले भने,‘हामी जनताको बीचमा जाँदैछौं । हाम्रो ग्राउण्ड बलियो छ । हामी त एमालेबाट विद्रोह गरेर आएका हौं ।’

उनले आफूहरुको पार्टीको बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको कुनै महत्व नरहेको जिकिर गरे । उनले भने,‘अब पत्तासाफ हुने पालो प्रत्यक्षतर्फ एमालेको आउँदैछ । केपी कमरेडलाई यो हेक्का रहोस ।’



प्रतिक्रिया दिनुहोस्