Logo

सरकारले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा



काठमाडौं, २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले युवा उद्यमशीलतालाई प्राथमिकतमा राखेको बताएका छन् । उनले समुन्नत राष्ट्र निर्माणमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै सरकारले युवाहरुलाई प्राथमिकतमा राखेको बताए । आज (शुक्रबार) युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

‘अन्तरपुस्ता ऐक्यबद्धता ः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ मूल नारा दिईएको छ । प्रधानमन्त्री देउवाले पछिल्लो समय अन्तरपुस्ता सीप हस्तान्तरको चुनौती रहे पनि त्यसलाई अवसरका रूपमा लिँदै अघि बढ्नुपर्ने धारणा राखेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्