क्लबको गाईजात्राविशेषमा जोगिन्दरको भ्रष्टाचारविरोधी प्यारोडी (भिडिओसहित)


काठमाडौं, २७ साउन । विगत वर्षझैं रिपोर्टर्स क्लब नेपालले यस वर्षपनि गाईजात्राविशेष साक्षात्कार कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा देशका चर्चित हाँस्यकलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले भ्रष्टाचारको विरुद्धमा प्यारोडी सुनाएका थिए । उनको प्यारोडी यस्तो थियो–

कसो कसो बास पर्यो अख्तियारको घरमा,
किन आँखा पर्यो होला मैले कमाएको धनमा
देश हाँक्ने भनेर नै लडेका हुन अरे
जनता सुकीसुकी मर्न आँटे तिनले भुँडी भरे‘
होइन भने कलिलो गणतन्त्रलाई सोध जनतालाई’

उनले यस वर्षको गाईजात्रामा भने ‘गठबन्धन’ नामक कोशेली ल्याएको सुनाए । उनले आफ्नो उक्त नयाँ गाइजात्रे कोशेलीको सानो अंश ‘यस्तै छ जनाव, २०७९ को स्थानीय चुनाव’ बोलको प्रस्तुती दिएका थिए ।