Logo

विमलेन्द्र निधिसँग जुली महतोको चुनावी प्रतिष्पर्धा हुनसक्ने



काठमाडौं, २७ साउन । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले यसपटक पनि धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने निश्चित जस्तै छ । उक्त क्षेत्रबाट निधिले लामो समययता चुनाव लड्दै आएका छन् ।

निधिले धनुषा ३ बाट चुनाव कहिले जित्ने र कहिले हार्ने क्रम चल्दै आएको छ । २०७४ को चुनावमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । यसपटक महतो अर्को क्षेत्रमा चुनाव लड्न जाने सम्भावना देखिएको छ ।

निधिसँग नेकपा एमालेबाट जुली महतोले चुनाव लड्ने चर्चा चल्न थालेको छ । महतो समानुपातिकतर्फकी सांसद हुन् । उनी मन्त्री समेत भइसकिन् ।

जुली महतो मैदानमा आएमा निधिलाई सजिलो भने हुनेछैन । धनुषा ३ मा जुलीले वर्षौंदेखि सक्रियता बढाइरहेकी छिन् । उनका पति रघुवीर महासेठ एमालेका मधेशका हस्ती नेता हुन् । व्यापारिक घराना महतो परिवारकी जुली धनुषा ३ मा चुनाव लड्ने तयारीमा रहँदा निधिले पनि गठबन्धनको समर्थनका अलावा लोसपालाई समेत साथमा लिन खोजिरहेका छन् । यसकारण पनि धनुषा ४ को चुनावी भिडन्त रोचक बन्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्