Logo

सिट बाँडफाँटबारे छलफल गर्न काँग्रेस कार्यसम्पादन बैठक शनिबार



काठमाडौं, २७ साउन । नेपाली काँग्रेसले सत्ता गठबन्धनका दलबीच मंसिर ४ को चुनावमा सिट बाँडफाँटको विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक डाकेको छ । शनिबार विहान ९ बजे बस्ने बैठकमा सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठित कार्यदलमा पार्टीले लिने अडानबारे छलफल हुने बुझिएको छ ।

काँग्रेसले १०० सिट दाबी गर्दा गठबन्धनका अन्य दलले काँग्रेसलाई आधा र बाँकी दललाई आधा सिटको प्रस्ताव राखेका छन् । यो मोडालिटीको प्रस्ताव आएपछि काँग्रेसले आफ्नो लाइन स्पष्ट गर्न पार्टीको महत्वपूर्ण मानिएको कार्यसम्पादन बैठक डाकेको हो ।

काँग्रेसभित्र गठबन्धन गर्दा प्रभावशाली नेतालाई मात्र फाइदा पुग्ने र धेरै नेता कार्यकर्ता टिकटबाट वञ्चित हुनुपर्ने विषय आइरहेको छ । अर्कोतर्फ, काँग्रेस छाडेर विद्रोहको चेतावनी समेत आइरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्