Logo

ला लिगा: पहिलो खेलमै सेभिल्ला स्तब्ध



एजेन्सी । स्पेनिस लिग ला लिगाको सिजनको पहिलो खेलमै सेभिल्ला स्तब्ध भएको छ । शुक्रबार भएको सिजनको उद्घाटन खेलमा सेभिल्ला ओसासुनासँग २-१ गोलले पराजित भएको हो ।

इसाडियो एल साडरमा भएको खेलमा ओसासुनालाई जीत दिलाउन अमार ओर्ज र इजेक्विल अभिलाले एक/एक गोल गरे । सेभिल्लाको लागि राफा मिरले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा रुबिन पेनाको क्रसमा अभिलाले गोल गर्दै ओसासुनालाई खेलमा अगाडि बढाएका थिए । दुई मिनेट बित्न नपाउँंदै गोमेजको पासमा मिरले गोल गर्दै सेभिल्लालाई १-१ गोलको बराबरीमा ल्याए ।

७४ औं मिनेटमा ओर्जले पेनाल्टीमा गोल गर्दै ओसासुनालाई २-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नपाउँदा ओसासुना २-१ गोलले विजयी भयो । जीतसँगै ओसासुना ३ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिदा पराजित सेभिल्ला पुछारमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्