Logo

डर्टमण्डको पुनरागमन जीत



एजेन्सी । जर्मन लिग बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले पुनरागमन जीत निकालेको छ । शुक्रबार राति भएको खेलको अन्तिम १५ मिनेटमा तीन गोल गदै डर्टमण्डले फ्रेइबुर्गमाथि ३-१ गोलको पुनरागमन जीत निकालेको हो ।

युरोपा पार्क स्टाडोनमा भएको खेलमा डर्टमण्डलाई जीत दिलाउन जेमी बोने-गिट्टेन्स, युसोफा मोउकोको र मारिउस उल्फले समान एकरएक गोल गरे । फ्रेइबुर्गको लागि माइकल ग्रेगोस्टिचले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा फ्रेइबुर्ग पराजित हुन पुग्यो ।

पहिलो हाफको ३५ औं मिनेटमा गिन्टरको क्रसमा गेग्रोस्टिचले गोल गर्दै फ्रेइबुर्गलाई शुरुवाती अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा मोउकोकोको पासमा गिट्टेन्सले गोल गर्दै डर्टमण्डलाई १-१ गोलको बराबरीमा ल्याए ।

८४ औं मिनेटमा ब्रान्ड्टको पासमा मोउकोकोले गोल गर्दै पाहुना टोलीलाई २-१ गोलको अग्रता दिलाए । यस्तै ८८ औं मिनेटमा वोल्फले गोल गर्दै डर्टमण्डलाई ३-१ गोलको जीत दिलाए ।

जीतसँगै २ खेलबाट ६ अङ्क जोडेको डर्टमण्ड ६ अङ्कको साथ लिगको शिर्ष स्थानमा रहेको छ । पराजित फ्रेइबुर्ग समान खेलबाट ३ अङ्कको साथ तेस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्