Logo

एमाले-राप्रपा तालमेलको तयारीसँगै हिन्दुराष्ट्रबारे के होला



काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला झापा हो । दुवै नेता झापाबाट प्रतिनिधि सभा सदस्य जितेका हुन् । २०७४ को चुनावमा ओली र लिङ्देनबीच भित्री तालमेल भएको चर्चा छ ।

यसपटकको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेलको तयारी चलेको छ । सत्ता गठबन्धनका पाँच दल तालमेल गर्ने निर्णयमा पुगेर सिट बाँडफाँटमा लागेसँगै एमाले र राप्रपाको फरक तयारी देखिएको हो ।

झापामा ओली र लिङ्देनलाई एक अर्काको साथ अनिवार्य देखिइसकेको छ । यसको असर दुई पार्टीमा पनि पर्न सक्छ । ओली र लिङ्देनबीच सिट बाँडफाँटमा मात्र तालमेल हुने हो या केही महत्वपूर्ण एजेन्डामा पनि सहमति निस्कने हो ? चासो बनेको छ ।

राप्रपाले हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा लिएको छ । ओली पनि धर्मको मुद्दामा उदार रहेको चर्चा छ । उनले धार्मिक गतिविधिमा सक्रियता बढाइरहेका छन् । तर, ओलीले हिन्दूराष्ट्रलाई स्वीकार्ने सम्भावना कमजोर छ । उनले सपथ लिंदा ईश्वरको नाममा लिन नमानेको स्पष्ट छ । तर, कठिन परिस्थितिमा ओलीले हिन्दूराष्ट्रका बारेमा लचकता देखाउने सम्भावना पनि छ ।



प्रतिक्रिया दिनुहोस्