Logo

देश बनाउने हो भने एमालेलाई सरकारको नेतृत्वमा पुर्याउनुपर्छ : केपी ओली



काठमाडौं, २८ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव रहेको भनेर जनता विश्वस्त भएको बताएका छन् । उनले अहिलेको पाँच दलीय गठबन्धन एमालेलाई बहुमत ल्याउनबाट रोक्नको लागि मात्रै बनेको भनेर टिप्पणी गरे ।

उनले देशको विकासको लागि एमालेलाई सरकारको नेतृत्वमा पुर्याउनुपर्नेमा जोड दिए । उनले नेपालमा जातीय राज्य भनेर लडाई गर्न खोजिएको थियो भन्ने पनि टिप्पणी गरे । उनले जातजातबीच एकता हुन नदिनको लागि यस्तो भावना जगाईएको आरोप लगाए ।

आज (शनिबार) काठमाडौंमा नेपाल लोकतान्त्रिक शेर्पा संघको दोस्रो राष्ट्रिय अधिवेशनमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले शेर्पाहरुको अहिले फोक्सोको परीक्षण गरिन थालिएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्