Logo

मेयर बालेन शाहले भेटे कुमारी आमा निहारिकालाई, फेशबुकमा यस्तो लेखे



काठमाडौं, २८ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुमारी आमा निहारिका राजपुतलाई भेटेका छन्। मेयर शाहले आज (शनिबार) शिक्षण अस्पताल पुगेर बलात्कार पीडित निहारिकालाई भेटेका हुन्।

निहारिकासँगको भेटबारे सामाजिक सञ्जाल फेशबुक पेजमा मेयर शाहले लेखेका छन्–‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति हो। यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन।’

निहारिकाले हिजो (शुक्रबार) राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी हुन्। उनले आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। सरकारले निहारिकाको माग पूरा गर्ने प्रबिद्धता जनाएको थियो । तर, सरकारले माग पूरा नगरेको कारण आफूले आत्मदहको प्रयास गरेको निहारिकाको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्