Logo

कोरोना संक्रमण बढेसँगै ज्येष्ठ नागरिकलाई बुस्टर तयारी



काठमाडौं, साउन २८ । पछिल्ला केही सातादेखि कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकका लागि दोस्रो बुस्टर डोज तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक अधिकारीका अनुसार पहिलो चरणमा ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकाका लागि बुस्टर डोज दिने योजना छ ।

‘दोस्रो बुस्टर डोज दिने विषयमा छलफल भइरहेको छ,’ ती अधिकारीले भने, ‘निर्णय भने गर्न बाँकी छ, कुन समूहलाई पहिलो प्राथमिकता दिने भन्ने विषयमा छलफल भइरहेको छ ।’

पछिल्लो समय अस्पताल भर्ना हुनेको संख्या पनि बढिरहेको र संक्रमणसँगै मृत्युदरसमेत बढिरहेकाले दोस्रो बुस्टर डोजको विकल्प’दयगत छलफल भएको ती अधिकारी बताउँछन् ।

पछिल्लो एक महिनाको अवधिमा कोरोना संक्रमणबाट मृत्यु भएमध्ये ७५ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । एक महिनाको तथ्यांक हेर्दा मृत्यु भएकामध्ये १५ जनाले कोरोना खोप नलगाएको भेटिएको छ ।

खोप नलगाएकोमा गम्भीर संक्रमण देखिएकोसमेत पाइएको छ । यी सबै विषय दृष्टिगत गर्दै मन्त्रालयले खोपलाई प्राथमिकतामा राखेको हो ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट सुरु भएको महामारीको तेस्रो लहर नेपालमा आएपछि बुस्टर डोज अभियान सुरु भएको थियो । पहिलो चरण्मा ‘फ्रन्टलाइनर’-चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, पत्रकार, कामदारलगायतलाई बुस्टर डोज सञ्चालन गरेको थियो । साथै, अस्पताल भर्ना भएका ज्येष्ठ नागरिक र गम्भीर रोग लागेका बिरामीलाई प्राथमिकतामा राखेर बुस्टर डोज लगाइएको थियो ।

खोप र प्राकृतिक संक्रमणबाट प्राप्त हुने रोग प्रतिरोधात्मक क्षमता ६ महिनापछि कम हुने अध्ययनले देखाएको छ । पहिलो चरणमा बढाइएको व्यक्तिको समूहका लागि, बुस्टर सटबाट व्युत्पन्न भाइरसको प्रतिरोधलाई पहिले नै तटस्थ गरिएको हुन सक्ने चिकित्सक बताउँछन् ।

तर, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार विश्व स्वास्थ्य संगठनको खोपसम्बन्धी रणनीतिक समूहले हालसम्म दोस्रो बुस्टर डोजबारे केही बोलेको छैन ।

कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) शनिबारसम्म १७ प्रतिशत नाघेको छ । संक्रमण दर तीव्ररूपमा वृद्धि हुन थालेपछि महामारी जोखिम पनि बढेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्