Logo

नागढुंगा सुरुङमार्ग ६० प्रतिशत टनेलको काम सकियो



काठमाडौं, साउन २९ । राजधानीबाट बाहिरिने–भित्रने मुख्य नाका नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सकिएको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार समग्रमा करिब ४१ प्रतिशत भौतिक र ४७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
सुरुङमार्गको मुख्य टनेल २६ सय ८८ मिटर निर्माण गर्नुपर्नेमा १४ सय ७५ मिटर सम्पन्न भएको छ । जसमा पूर्वतर्फ ७ सय ७० मिटर तथा दक्षिणतर्फ ७ सय ५ मिटर छ ।

इभाकुएसन टनेलतर्फ २५ सय ५७ मिटर निर्माण गर्नुपर्नेमा पूर्वतर्फ ९ सय २१ र दक्षिणतर्फ ६ सय ९२ गरी १६ सय १३ मिटर सम्पन्न भएको छ ।

त्यस्तै, क्रस प्यासेजतर्फ १ सय २८ मिटर निर्माण गर्नुपर्नेमा पूर्वतर्फ ३२ र दक्षिणतर्फ ३० गरी ६२ मिटर काम सकिएको छ ।
समग्रमा ५ हजार ४ सय ९९ मिटर निर्माण सम्पन्न गर्नुपर्नेमा ३ हजार २ सय ७६ मिटर अर्थात् ६० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख शाक्य बताउ“छन् । जसमा पूर्वतर्फ १७ सय २३ र दक्षिणतर्फ १५ सय ५३ मिटर छ ।

आयोजनाअनुसार तीन अन्डरपासमध्ये दुई र बक्स कल्भर्ट चारै निर्माण शतप्रतिशत सम्पन्न भएको छ । एउटा ओभर पास र तीन पुल निर्माण कार्यसमेत सकिएको आयोजनाले जनाएको छ ।

कोभिडलगायत कारण सुरुवाती चरणमा आयोजना केही ढिला हुन गए पनि अहिले ‘फुल फ्लेज’मा काम भइरहेको छ । दुवैतिरको पोर्टल गरी दैनिक ५ सय ४० जनाले काम गरिरहेका छन् ।

४२ महिनामा सम्पन्न गर्नेगरी २०७६ कात्तिकमा आयोजना निर्माण सुरु भएको हो । जापानी निर्माण संस्था हाजमा आंदो कर्पोरेसनबीच २०७६ असोजमा सम्झौता भएको थियो । कोभिडलगायत कारण आयोजनाको म्याद थप पनि गरिएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्