Logo

समृद्ध नेपाल, सुखी नेपालीको एजेन्डा र सूर्य चुनाव चिह्न मान्नेसँग तालमेल हुन सक्छः शेरबहादुर तामाङ



काठमाडौं, २९ साउन । नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक फिर्ता गर्न सक्ने संवैधानिक अधिकार भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “अहिले नागरिकता विधेयक विवादित बनेकै हो । राष्ट्रपति विवादरहित संस्था हो । राष्ट्रपतिलाई एकचोटि पुनर्विचारका लागि प्रतिनिधिसभामा फर्काउन पाउने संवैधानिक अधिकार छ । विवाद भएपछि सोच्नै नपाउने, सोध्नै नपाउने भन्ने हुँदैन । यसमा विभिन्न नागरिकहरुको दबाब होइन, सुझाव छ । संविधानमा लेखेको कुरा एकचोटिका लागि फर्काउँदा पनि आपत्ति हुँदैन, नफर्काए पनि हुने त केही होइन ।”
नेकपा एमालेले विभिन्न राजनीतिक दलहरुसँग अनौपचारिक वार्ता गरे पनि गठबन्धनको निर्णय नगरेको नेता तामाङले बताए । उनले थपे, “राजनीतिक संवाद कसैसँग पनि नहुने भन्ने होइन । अनौपचारिक संवाद जोसँग पनि हुन सक्छ । तर सत्ता गठबन्धनको औपचारिक बैठक बसेर निर्णय भएको पनि छैन । लोकतन्त्रवादी, प्रगतिशील र देशभक्त शक्ति नेकपा एमाले सँगसँगै उभिएर कुनै दल जान्छन् भने हामी स्वागत नै गर्छौं ।” तर त्यसका लागि समृद्ध नेपाल, सुखी नेपालीको एजेन्डा र सूर्य चुनाव चिह्न भने हुनुपर्ने उनको तर्क छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot