Logo

४० प्रतिशत सिट नपाए शेखर समूह विद्रोहको तयारीमा



काठमाडौं, २९ साउन । नेपाली काँग्रेसको शेखर कोइराला समूह आन्तरिक तयारीमा जुटेको छ । सत्ता गठबन्धन हुँदा नेपाली काँग्रेसको भागमा आउने सिटमध्ये ४० प्रतिशत नपाए विद्रोहको रणनीतिका साथ जुटेको हो ।

शेखर समूहले छुट्टै भेला डाक्दा सिट बाँडफाँटमा पेलाईमा पर्ने आशंका व्यक्त गरे । उनीहरुले ४० प्रतिशत नपाए विद्रोहको चेतावनी समेत दिए ।
नेपाली काँग्रेसले पाउन सक्ने ८३ देखि ९० सिटमध्ये शेखर समूहले ३५ देखि ४० सिटको आशा राखेको बुझिएको छ । यसो नभए विद्रोहमा जानेसम्मको रणनीतिमा उक्त समूह लागेको छ ।

यसअघि गठबन्धनको विरोध गर्दै आएको उक्त समूह अहिले चुप छ । तर, पार्टीभित्र सिट बाँडफाँटमा माग गरे अनुसार पाउनुपर्ने जोड दिन थालेको छ ।

शेखर समूहले विद्रोह गरेर नेकपा एमालेसँग तालमेल गर्ने चर्चा पनि नचलेको होइन । उक्त समूहका केही नेताहरु सम्भावित विद्रोहलाई दृष्टिगत गरी भित्री छलफलमा पनि जुटेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्