Logo

काठमाडौंको फोहोरले क-कस्लाई गिज्यायो



काठमाडौं, २९ साउन । फोहोरको बिजोग यस्तो पनि हुन्छ र । २८ साउनमा यस्तै भयो । फोहोरको पन बिजोग भयो । त्यो पनि राजधानीको मुटुमा । राजधानीका सडक छेउ थुप्रिएका भारी वर्षाले थुप्रिएको फोहोर असरल्ल छरिए । सडक कुरुप भयो ।

उपत्यकाभित्र फोहोरको राजनीति चल्दै आएको छ । फोहोर उठ्न नदिने र चुनावमा फाइदा लिने रणनीतिहरु चालिन्छ । जब जब चुनाव आउँछ तब तब काठमाडौंको फोहोर उठ्न छाड्छ । यो क्रम विगत देखि चलिरहेको छ ।

यसपटक काठमाडौंको फोहोर नउठ्दा प्रधानमन्त्री शेरबहादुर देउवामाथि प्रश्न उठेको छ । उनले फोहोर उठाउने अवस्था निर्माणमा भूमिका खेल्न सकेका छैनन् । जब कि उनी बस्ने बालुवाटारबाट पनि फोहोर निस्कन्छ ।

शहरी विकासको जिम्मेवारी पाएका मन्त्री मेटमणि चौधरीको पनि फोहोर व्यवस्थापनमा दायित्व छ । उनी पनि यसमा जिम्मेवार ठहरिएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि जिम्मेवार छन् । उनीहरुले फोहोर व्यवस्थापनमा क्षमता देखाउन सकेनन् । यसबाहेक उपत्यकाका अन्य नगरपालिकाका मेयरहरुको पनि उत्तिकै जिम्मेवारी छ फोहोर व्यवस्थापनमा ।

देशकै राजधानी काठमाडौंका अलावा ललितपु र भक्तपुरमा फोहोरको गम्भीर समस्या बनेको छ । फोहोर थुप्रदा रोग बढ्ने खतरा छ । हैजाको संक्रमण फैलन सक्छ । लामो समय फोहोरको राजनीतिले केही व्यक्तिहरुले लाभ लिन सकेका छन् तर जनताले दुःख पाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्