Logo

नेपालमा चुनाब जित्नका लागि मानिसको हत्या हुन्छ : केपी ओली



साउन २९, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपालमा चुनाब जित्नका लागि मानिसको हत्या गर्न पनि पछि नपर्ने प्रवृत्ति रहेको बताएका छन् ।
नेपाल युवा परिषदले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै ओलीले छिमेकी दाजुभाइकै हत्या गरेर भए पनि भोट खोस्ने प्रवृत्ति रहेको बताएका हुन् । त्यस्तो प्रवृत्तिको अन्त्यका लागि मतदान गर्ने तरिका परिवर्तन गर्नुपर्ने ओलीको भनाई छ ।

उनले भने–“छिमेकी दाजुभाइ छिमेकी दिदीबहिनाहरुलाई मारेर भोट जित्न खोज्ने प्रवृत्ति भएका ठाउँमा, यहाँ त्यस्तो धाँधली हुन्छ । ”

सबै नेपाली मतदाताहरुले जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था गर्नुपर्नेमा ओलीले जोड दिएका छन् । निर्वाचन आयोग र राजनीतिक दलहरुबीच सैद्धान्तिक विषयमा कुरा मिले पनि जटिलता भएको ओलीको भनाई छ । संसारको जुन ठाउँमा भए पनि मतदाताले मतदान गर्न पाउनुपर्छ भन्ने मान्यतामा सबै एकमत भएको तर व्यवहारिक रुपमा कठिन भएको ओलीले बताए ।

“विभिन्न देशमा विभिन्न प्रकारका भोटिङ सिस्टम छन् । त्यसमा गम्भीर कोइसनहरु उठेको छ । हामी कोइसन नउठ्ने गरी सबै नेपाली नागरिकहरु मतदाताहरु जहाँ छन् उनीहरुले मतदान गर्न पाउने तर त्यो मतदान फेक भोटिङ नहोस् ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्