Logo

केपी ओलीको प्रश्न : सरकारमा अलच्छिन कहाँबाट पस्यो ?



साउन २९, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले बजेट निर्माणका बेला व्यापारीले करका दर परिवर्तन गर्दा आफ्नो मन पोलेको बताएका छन् ।  नेपाल युवा परिषदले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै ओलीले सरकारबाट जनताले केही लाभ लिन नपाएको तर नपाउनुपर्नेले फाइदा लिएको बताए ।

आफू प्रधानमन्त्री हुँदा राष्ट्रको ढुकुटीमा पैसाको खाँचो नभएको तर अहिलेको सरकारले जे काम गर्न पनि पैसा छैन भन्ने गरेको ओलीले बताए । आफूले विकास निर्माणका काम गर्न बजेटको व्यस्थापन सजिलै गरेको ओलीले सुनाए ।

उनले भने–“म प्रधानमन्त्री हुँदा पैसा छैन भनेको सुन्नुभयो ? यता पनि पैसा छ उता पनि पैसा छ । हुलाकी राजमार्ग बन्छ पैसा छ धरहरा बन्छ पैसा छ रानीपोखरी बन्छ पैसा छ दरबार हाइस्कुल बन्छ पैसा छ आर्मीको हेडक्वार्टर बन्छ पैसा छ । आर्मीको युनिभर्सिटी बन्छ पैसा छ । ३ सय ९६ वटा हस्पिटल मैले एकै ठाउँबाट शिलान्यास गरेँ । बजेट छुट्याएँ, निर्माणकार्य सुरु भयो पैसा छ ।”

तर अहिलेको सरकारमा अलच्छिन पसेको ओलीको टिप्पणी छ । भएको पैसा कहाँ गयो भन्दै प्रश्न गरेका ओलीले भने–“पैसा कहाँ जान्छ, अलच्छिना कहाँबाट पस्यो ? चिन्ता त्यो हो । पैसा कहाँ गयो ? कसरी हरायो त्यत्रो पैसा ?”



प्रतिक्रिया दिनुहोस्