Logo

संसदको तलबले उपचार गर्न पुग्दैन, मसँग पैसा छैन : केपी ओली



साउन २९, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् ।  आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए । नेपाल युवा परिषदले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए ।

आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको उनले बताए । “सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पति सरकारको नाममा गरिदिएका छौं । तपाईहरुलाई थाहा छदैछ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन । अब तपाईहरुले उचपार गराइदिनुभयो भने छुटै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन ।” उनले भने ।

आफूले पार्टीमा परिवारवादलाई निरुत्साहित गरेको भन्दै उनले आफ्ना भाइ गाउँमा खेति किसानी गरेर बसिरहेको जानकारी दिएका छन् । ओलीले भने–“मेरो भाइ १० कठ्ठा जग्गामा हलो जोतेर बस्छ ।” त्यसैगरी आफ्नी श्रीमतीलाई पनि राजनीतिमा नल्याएको ओलीले बताए ।

तर कतिपयले राजनीतिक योगदान नै नभएकालाई लुडो खेले जसरी एकैपटक माथि पुर्याउन खोजेको भन्दै उनले असन्तुष्टी व्यक्त गरे ।

 



प्रतिक्रिया दिनुहोस्