Logo

कांग्रेसले गरेका काम प्रचार हुन सकेन–प्रकाशमान सिंह



काठमाडौं, २९ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले गरेका काम प्रचार गर्न नसकेको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता सिंहले उक्त कुरा बताएका हुन् ।

धेरै परिबर्तनको नेत्रित्व गरेको पार्टीको कांग्रेसले आफुले गरेका विभिन्न कामको बारेमा जनताले अनुभुति गराउने गरी छलफल चलाउनु पर्ने उनले बताए । उनले भने,‘राजनीति परिवर्तन आईसकेकाले अब जनताले अनुभुत हुने गरि आम नागरिको जीवन सहज हुने गरि आर्थिक सम्पन्नता तर्फ केन्द्रीत हुनु पर्ने समय आएको छ । कांग्रेसले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने उनको भनाई थियो ।

नेता सिंहले जनताको जनआादेसको अवमूल्यन गर्ने परमाआदेसको कुरा गर्नु अहिले गलत भएको भन्दै कांग्रेस अरु पार्टी जस्तो जिम्मेवारीबाट भाग्न नमिल्ने भएकाले परिस्थितिलाई समाल्दै अगाडि बढीरहेको बताए । कांग्रेसले अब आर्थिक सम्पन्नताको अभियानका कार्यक्रमसहितको एजेन्डा लिएर जनतामा जाने पनि उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्