Logo

अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोलीबारी



काठमाडौं, साउन २७। अस्ट्रेलियाको क्यानबेरास्थित विमानस्थलमा गोली चलेको घटना सार्वजनिक भएको छ । तर, अभियुक्त पक्राउ परेका छन् । जानकारी अनुसार गोलीबारीपछि टर्मिनलका केही भाग बन्द गरिएको थियो । घटनापछि सबै उडान रोकिएका छन् ।

प्रहरीले विज्ञप्ति जारी गर्दै यो घटना अभियुक्तले एक्लै गरेको जनाएको छ । यद्यपी यस हमलामा कुनै क्षति भएको विवरण भने आएको छैन । प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । आक्रमणकारीको साथबाट एउटा बन्दुक समेत बरामद भएको छ । यसका साथै घटनाको सीसीटीभी फुटेजको जाँच भइरहेको छ ।

बिहान करिब १ः३० बजे मुख्य टर्मिनल रहेको भवनमा गोली चलेको प्रहरीले जनाएको छ । गोलीबारीपछि घटनास्थलमा हलचल मच्चिएको थियो । यस आक्रमणमा कोही पनि घाइते भएका छैनन् । फोटोः नाईन न्यूजबाट



प्रतिक्रिया दिनुहोस्