Logo

भारतीय शेयर बजारका ‘राजा’ राकेश झुनझुनवालाको निधन



काठमाडौं, २९ साउन । भारतीय शेयर बजारका बादशाह राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
मुम्बईको ब्रीच क्यान्डी अस्पतालले बिहान ६.४५ बजे राकेश झुनझुनवालाको मृत्यु भएको पुष्टि गरेको हो ।

५ हजार रुपैयाँबाट ५ अर्ब ८ करोड डलर (करिब ४६ लाख १८ हजार करोड रुपैयाँ)सम्मको यात्रा गर्ने सेयर बजारका बादशाह राकेशको अन्तिम यात्रा आज साँझ ५ः३० बजे मालाबार हिल क्लब पछाडिको इल पलाज्जोबाट निकालिने भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । मालाबार हिलको बाणगंगा श्मशान गृहमा अन्तिम संस्कार हुनेछ।

झुनझुनवाला पनि गत साता ‘आकासा’ एयरलाइन्सबाट उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्