Logo

केन्द्र सरकारविरुद्ध मधेश प्रदेश सरकार आन्दोलित



काठमाडौं, २९ साउन । मधेश प्रदेश सरकारका मन्त्रीहरुले केन्द्र सरकारविरुद्ध आन्दोलन छेडेका छन् । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेशका मन्त्रीहरुले धर्ना सुरु गरेका छन् ।

मन्त्रीहरुले मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय परिसरभित्र धर्ना सुरु गरेका हुन् । धर्नाको नेतृत्व मुख्यमन्त्री लालबाबु राउतले नै गरेका छन् ।

धर्नामा मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, गृहमन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मालगायत छन् ।

यसअघि मधेश प्रदेशका गृहमन्त्री साहले केन्द्र सरकारले तोकिएको समयमा प्रहरी समायोजन नगरे आन्दालनमा उत्रिने चेतावनी दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्