Logo

सेटिङमा बजेट बन्ने स्थितिले मेरो मन पोलेको छ : केपी ओली



काठमाडौं, २९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणको क्रममा करको दर हेरफेर गरिएको विषय फेरि उठाएका छन् ।

काठमाडौंमा आज (आइतबार) आयोजित राष्टिय युवा सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । उनले सरकार कसैको मानपदवी बढाउन नभएर देशको विकास गर्न चाहिने पनि बताए । उनले सेटिङमा बजेट बन्ने तथा व्यापारीका प्रतिनिधिले करका दररेट तोक्ने स्थितिले आफ्नो मन पोलेको गुनासो पोखे ।

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा सरकारसँग विकास–निर्माणका गर्न कहिल्यै पैसाको अभाव नभएको तर अहिलेको सरकारसँग भने काम गरिसकेको ठेकेदारलाई पनि भुक्तानी गर्ने पैसा नभएको आरोप लगाए । उनले देशको पैसा कहाँ गयो ? भनेर प्रश्न गरे । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्