Logo

रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको पहिलो कार्यसमिति घोषणा



अमेरिका, २९ साउन । रिपोर्टर्स क्लब नेपालको पहिलो प्रवास शाखाका रुपमा टेक्ससमा स्थापना भएको रिपोटर्स क्लव अमेरिका शाखाको पहिलो कार्यसमिती घोषणा भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोषन पुरीको प्रमुख आतिथ्यतामा शनिबार टेक्ससको युलेशमा क्लबको अमेरिका शाखाले पहिलो कार्यसमिती घोषणा तथा शुभकामना कार्यक्रमको आयोजना गरेको हो ।

रिपोटर्स क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रम संचालनका दौरान क्लबका महासचिव तथा यूएस खबर टाईम्सका सम्पादक ओम आचार्यले रिपोर्टर्स कल्वको पहिलो प्रवास शाखाका रुपमा गरिएको सहकार्य बारे संक्षिप्त जानकारी सहित प्रोजेक्टर मार्फत शाखाको पहिलो कार्यसमिती सदस्यहरुको पत्रकारिता पृष्ठभूमि सहितको संक्षिप्त परिचयलाई जोडेका थिए ।

नेजाका पूर्व क्षेत्रिय संयोजक र यूएस खबरका संचालक तथा प्रधान सम्पादक समेत रहेका पत्रकार रेग्मीको नेतृत्वमा गठित १४ सदस्सिय कार्यसमितीमा बरिष्ठ उपाध्यक्ष प्रशन्न ढुंगाना, महासचिव ओम आचार्य, उपाध्यक्ष उत्तम धमला, कोषाध्यक्ष वइवा टेक लामा, सह कोषाध्यक्ष सरु शर्मा, सदस्यहरु महालक्ष्मी सिलवाल, बिनिश भण्डारी, अनिता आचार्य, गोविन्द रेग्मी, मौशम भट्टराई, रमेश अधिकारी,अबि ओली र शंकर थापा रहेका छन् ।

प्रमुख अतिथी रोशन पुरीले पानसमा दिप प्रजवलन गरि उद्घाटन गरेको कार्यक्रममा विशिष्ट अतिथी नेपाल अमेरिका पत्रकार संघ (नेजा)का महासचिव सुरज भण्डारी, जेके फाउण्डेसनकी अध्यक्ष तथा सामाजिक अभियन्ता उमा कार्की थापा, नेजा कार्यसमिती सदस्य बाबुराम दाहाल, नेपाली समाज टेक्ससका बरिष्ठ उपाध्यक्ष विवेक कणेल, नेजा पूर्व क्षेत्रिय संयोजक रामचन्द्र भट्ट रामचन्द्र भट्ट र एनआरएनए अमेरिकाका टेक्सस च्याप्टर अध्यक्ष सोफिन थापा, शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका उपस्थित वक्ताहरुले नेपालमा आफ्नै बलियो छवि स्थापित गर्न सफल रिपोटर्स क्लवको पहिले प्रवास शाखाका रुपमा बिस्तार भएको अमेरिका शाखाबाट नेपाली समुदायका अवस्था र आवश्यकता देखी अमेरिकी जन जीवन र राजनितिक बिषयबस्तुलाई पनि संबोधन गर्न सक्षम र सफल कार्यक्रम उत्पादनका लागि शुभकामना व्यक्त गरेका थिए ।

चाँडै नै सल्लाहाकार समिती पनि गठन तयारीमा रहेको अमेरिका शाखाले आगामी दशैंको आसपासमा क्लबका केन्द्रिय अध्यक्ष ऋषि धमला सहितको टिमलाई अमेरिका बोलाएर शाखा बिस्तारको औपचारिक उद्घाटन गर्ने बताएको छ ।

यस बिषयमा जानकारी दिन युलेशमा रहेको यूएस खबरको कार्यलय तथा अबको रिपोटर्स क्लब अमेरिका शाखाको कार्यकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथी रोशन पुरी सहित विशिष्ट अतिथी नेपाल अमेरिका पत्रकार संघ नेजाका महासचिव सुरज भण्डारी, अथितीहरु नेजा कार्यसमिती सदस्य बाबुराम दाहाल, नेजा पूर्व क्षेत्रिय संयोजक रामचन्द्र भट्ट, जेके फाउण्डेसनकी अध्यक्ष सामाजिक अभियन्ता उमा कार्की थापा एनआरएनए अमेरिकाका टेक्सस च्याप्टर अध्यक्ष सोफिन थापा,नेपाली समाज टेक्सस एनएसटीका बरिष्ठ उपाध्यक्ष विवेक कणेल, महासचिव सन्देश उप्रेती, उपाध्यक्ष जनक भण्डारी, एएनए अध्यक्ष बिजय राज भट्टराई लगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्