Logo

प्रचण्ड र बाबुरामबीच सहमति, एउटै चिन्हबाट लड्ने र घोषणापत्र पनि एउटै बनाउने



काठमाडौं, २९ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी निर्वाचनमा एउटै चिन्हबाट लड्ने सहमति भएको छ ।

पछिल्लो समय दाहाल र भट्टराईबीच समाजवादी केन्द्र बनाउनेबारे छलफल चलिरहेको छ । माओवादी केन्द्रनिकट उच्च स्रोतको अनुसार दुई नेताबीच भएको सहमति भोलि सार्वजनिक गर्ने तयारी गरेको छ।

दुई नेताबीच आगामी निर्वाचनपछि समाजवादी केन्द्र निर्माण गरेर जाने सहमति भएको छ । समाजवादी केन्द्र निर्माणको लागि माधव नेपालपनि सहमत भएका छन् । तर, चुनावअघि समाजवादी केन्द्र बन्ने वा नबन्नेमा अझै टुँगो लागेको छैन् । file photo

 



प्रतिक्रिया दिनुहोस्