Logo

जेलमा चौकीदार आतंक



काठमाडौं, २९ साउन । पछिल्लो समय जेलमा चौकीदारहरुको आतंक खुल्न थालेको छ । जेलमा कैदीबन्दीसँग विभिन्न बहानामा रकम असुल्ने देखि श्रम शोषण गर्ने सम्मको घटना खुलेको हो ।

पछिल्लो समय नख्खु कारागारमा सन्तोष गुरुङ्गले कैदीबन्दीले काम गरेको पैसा नदिएको खुलेको छ । गलैंचा बुन्ने, मेच बनाउने देखि विभिन्न हस्तकलाका काम गर्नेहरुले पाउनुपर्ने रकम सन्तोष गुरुङ्गले चौकीदार हुँदा आफैले हात पारे । उनले कतिपय कैदीबन्दीलाई माग गरेको जेलमा सरुवा मिलाइदिने भन्दै रकम लिएको खुलेको छ ।

चौकीदार गुरुङ्गको त्यस्ता गतिविधि खुलेपछि उनीमाथि कारबाही भएको छ । उनी नख्खु कारागारबाट अन्यत्र सारिएका छन् । तर, उनले ठगी गरेको रकम भने पीडितहरुले पाउन सकेका छैनन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्