Logo

विश्व विद्यार्थी युवा संघ (ओसी) को अन्तर्राष्ट्रिय सम्मेलन



काठमाडौं, २९ साउन । विश्व विद्यार्थी युवा संघ (ओसी) को अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । २७ र २८ साउनमा सम्मेलन भारतको खजुराओमा भएको हो ।

विश्वका युवाहरूलाई एउटै मन्चमा ल्याई वशुधैव कुटुम्वकमको विचारमा विश्वका युवाहरूको विचमा विगत ३५ वर्षदेखि सक्रिय संगठन ओसीले भारतको मध्य प्रदेश स्थित ऐतिहासिक एवम् पर्यटकीय स्थान खजुराआमा दुई दिवसीय सेमिनार सम्पन्न गरेको हो। विश्वका ३५ भन्दा बढी देशका युवाहरू सहभागी भएको कार्यक्रमको उदघाटन भारत सरकारका पर्यटन,संस्कृति एवम् विकास मन्त्री जी किशन रेड्डि, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा, ओसीको अध्यक्ष नितिस शर्मा र महासचिव सन्जिव निगम्वम एभीवीपीका महामन्त्री निधि त्रिपाठीले ले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा नेपालबाट प्राज्ञिक विद्यार्थी परिषद लगायतका विभिन्न विद्यार्थी संगठनहरूबाट १० सदस्यीय प्रतिनिधि टोलीले सहभागिता जनाएका थिए। वसीले शिक्षा,विकास,संस्कृति,वैश्विक शान्ति र युवा दृस्ठिकोणमा केन्द्रीत रहेर प्रत्येक वर्ष कार्यक्रम गर्दै आइरहेको छ । विस्तारै विश्वका युवाहरूले एक अर्कालाई बुझ्ने, आत्मीयता साटासाट गर्ने र विश्वको शान्तिमा कार्य गर्ने दरिलो माध्यम बन्दै गइरहेको सहभागिहरूले बताएका छन् ।

कार्यक्रमबाट नयाँ समितिमा नेपालबाट डा. दयाराम भुषाल अन्तर्राष्ट्रिय उपाध्यक्ष र सदस्यमा अर्जुन वगाले नारायण कुमार श्रेष्ठ नियुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्