Logo

बालेनलाई ‘असक्षम’ देखाउन गरी चेतावनी पत्र



काठमाडौं, २९ साउन । हिजो मात्र भारी वर्षाले काठमाडौंको फोहोरको बिजोगका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भए । यसले राजधानीको प्रतिष्ठामै आँच पुग्ने गरी आलोचनाहरु भए । सबैको ध्यान काठमाडौं महानगरपालिकाका मेयर बालेन साहतर्फ गयो ।

हिजो मात्र काठमाडौंको फोहोरको बिजोग देखेको आज झन् खतरनाक निर्णय आयो । त्यो निर्णय सत्ता गठबन्धनका तीन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसको धुनिवेशी नगरपालिकाका कमिटी प्रमुखहरुले निर्णयसहित लेखे । जसमा फोहोर मैला सदाका लागि बन्द गर्ने विषय उल्लेख छ ।

कुडुल्ले बन्चरे धादिङको धुनिवेशी नगरपालिकामा पर्छ । वडा नं १ मा पर्ने भएकाले उक्त वडाका कमिटीबाट संयुक्त रुपमा भएको निर्णय र लेखिएको पत्रले चेतावनी समेत दिएको छ । जसमा निर्वाचन बहिष्कार गर्ने चेतावनी समेत छ । यो चेतावनीले उपत्यकाको फोहोरमा अवरोध हुने निश्चित जस्तै छ । यसमा सत्तारुढ दलकै कमिटी लागेबाट आशंकाहरु पैदा भएका छन् । बालेन साहलाई असक्षम देखाउन यी गतिविधि भएको चर्चा पनि चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्