Logo

गठबन्धनको बैठकमा उठ्यो फोहोरको बिजोगको विषय



काठमाडौं, २९ साउन । सत्ता गठबन्धनको बैठकमा काठमाडौं उपत्यकामा फोहोरको बिजोगको विषय उठेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धन दलको कार्यदलले तत्काल फोहोर व्यवस्थापन गर्न सुझाव समेत दिएको सरकारका प्रवक्ता समेत रहेका कार्यदलका सदस्य सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

काकीले कार्यदलको बैठकमा महङ्गीको विषय पनि उठेको जानकारी दिए । महङ्गी नियन्त्रणका लागि आवश्यक कदम चाल्न समेत सुझाव पेश भएको बताए ।

बैठकमा सत्ता गठबन्धनका दलहरुबीच चुनावमा सिट बाँडफाँटका अलावा कसरी चुनावी प्रतिष्पर्धामा सफल हुने भन्ने विषयमा पनि छलफल भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्