Logo

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, प्रधानमन्त्री मोदीले लाल किल्लाबाट भारतीय जनतालाई सम्बोधन गर्दै



काठमाडौं, साउन ३० । भारतले आज आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाउँदै छ । यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् ।

अहिले केहिबेरमा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिष्ठित मुगलकालीन लाल किल्लाको प्रान्तबाट देशबासीलाई सम्बोधन गर्ने तयारीमा छन् ।

प्रधानमन्त्री मोदी केही बेरमा लाल किल्ला पुग्नेछन् । उनलाई रक्षामन्त्री राजनाथ सिंह, रक्षा राज्यमन्त्री अजय भट्ट र रक्षा सचिव डा अजय कुमारले स्वागत गर्नेछन्।

सो अवसरमा तीनवटै सेनाका प्रमुखको पनि उपस्थिति रहनेछ । त्यसपछि प्रधानमन्त्री मोदीले गार्ड अफ अनरको निरीक्षण गर्नुका साथै राष्ट्रिय झण्डा फहराउनेछन् ।

यता नेपालमा पनि विविध कार्यक्रम गरी स्वतन्त्रता दिवस मनाउने तयारी रहेको छ । लैनचौरस्थित भारतीय दूतावासमा विविध कार्यक्रमको आयोजना हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्