Logo

मुक्तिनाथ बैंकका ग्राहकलाई डेन्टल अस्पतालमा विशेष छुट



काठमाडौं, साउन ३० । मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलले दिने विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले काठमाडौंस्थित धुम्बाराही, चावहिल, लगनखेल, साँखु र काठमाडौंबाहिर चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुन्सरी, कैलाली, डडेलधुराको हिमाल डेन्टल अस्पतालमा र काठमाडौंको कमलपोखरीमा रहेको भिभान्ता डेन्टलमा विभिन्न सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।



प्रतिक्रिया दिनुहोस्