Logo

रामेछाप ‘ख’मा अर्जुन केसीको दाबी



काठमाडौं, ३० साउन । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सरकारले निर्णय गरे सगै देशभरका नेताहरु आफ्नो निर्वाचन क्षेत्र खोज्न थालेका छन् । समाजसेवी, पत्रकार र कलाकारहरुले पनि उम्मेदवारी घोषणा गरिरहेका छन् । केन्द्रीय नेताहरु पनि आफ्नो क्षेत्र खोज्न लागि परेका छन् ।

यस्तै, रामेछाप नेपाली कांग्रेसबाट पनि झन्डै एक दर्जन नेता चुनाब उठ्ने मनोसाय बनाएका छन् । राष्ट्रिय गठबन्धनबाट चुनाब जित्ने पक्का भएपछि केही नेबिसंघका नेता पनि केन्द्रमा टिकटको लागि मरिहत्ते गरेको पाइन्छ ।

रामेछापमा नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका सामान्य परिवारका अर्जुन केसी अहिले अहिले प्रदेश सदस्य हुन् । उनले २ पटक जिल्ला सभापतिमा पराजित भएपनि १४औं महाधिवेशनमा सबै भन्दा धेरै मत ल्याएर केन्द्रीय महाधिवेशन प्रनितिधि भएका थिए ।

सबै कार्यकर्तासँग समान ब्यवहार गर्दै आएका केसी हालसम्म कुनै पदमा लोभिएको देखिदैन् । केसीले पछिल्लो समय उनले पार्टीले टिकट दिए गठबन्धन भए पनि नभए पनि निर्वाचनमा जाने र जनमतको कदर गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्