Logo

एन्थोनी अनुबन्धका लागि चेल्सीको प्रस्ताव एभर्टनद्वारा अस्विकार



काठमाडौं, साउन ३० । चेल्सीले युवा फरवार्ड एन्थोनी गोर्डोन अनुबन्धका लागि गरेको प्रस्ताव एभर्टनले अस्विकार गरेको छ ।

२१ वर्षीय फरवार्ड अनुबन्धका लागि चेल्सीले ४० मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । तर एभर्टनले प्रस्ताव अस्विकार गरेको बीबीसीले जनाएको छ ।

इंग्ल्यान्डका यू–२१ टोलीका सदस्य अनुबन्धका लागि एभर्टनले चेल्सीको प्रस्ताव भन्दा उच्च मूल्यको अपेक्षा गरेको बताईएको छ ।

एन्थोनीले २०२० को जनवरीमा एभर्टनका लागि डेब्यु गरेका थिए । उनले एभर्टनसँग ५ वर्षको सम्झौता गरेका थिए ।

Photo: NDTC Sports



प्रतिक्रिया दिनुहोस्