Logo

अल्मेरियालाई २–१ गोलले हराउँदै रियलको सुखद सुरुआत



काठमाडौं, साउन ३० । स्पेनिस ला लिगा फुटबल अन्तरगत गयराति भनेको खेलमा अल्मेरियालाई २–१ गोलले हराउँदै रियल म्याड्रिडले सुखद सुरुआत गरेको छ ।

रियलको जितमा लुकास भास्क्वेज र डेभिड अलबाले एक एक गोल गरेका छन्। जवाफमा अल्मेरियाका लार्जी रामाजानीले एक गोल फर्काएका छन् । खेलको छैटौं मिनेटमा रामाजानीले गोल गर्दै अल्मेरियालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६१ औं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई समान १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ७५ औं मिनेटमा अलबाले गोल गर्दै रियललाई २–१ को जित दिलाए ।

Photo: managingmadrid.com



प्रतिक्रिया दिनुहोस्