Logo

सभापति असफल भएर हाम्रो पार्टी सफल हुँदैन्, हाम्रो चाहना असफल बनाउने होईन : बद्री पाण्डे (भिडिओसहित)



काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आफूहरुले सभापति शेरबहादुर देउवासँग भाग खोजेको भन्नु गलत आरोप हुने बताएका छन् । उनले पार्टीका भातृ संस्थाका प्रमुख तोकिँदा आफूहरुको टिमसँग कुनै सल्लाह नगरेको गुनासो पोखे । सभापति देउवाले पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उनको जोड थियो ।

उनले आगामी निर्वाचनसम्म पुग्दा पार्टीभित्र सबैलाई एकताबद्ध बनाएर लैजानको लागि सबैभन्दा बढि दायित्व सभापति देउवाको हुने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरुको चाहना सभापति देउवालाई असफल बनाउने पनि नभएको जिकिर गरे । उनले भने,”हाम्रो चाहना उहाँलाई असफल बनाउने होईन, सभापति असफल भएर हाम्रो पार्टी सफल हुँदैन् । सभापतिलाई सफल बनाएर मात्रै पार्टी सफल हुन्छ । यसको लागि हामीले राम्रो कुरालाई गति दिनुपर्छ । हामीले रचनात्मक सुझाव दिएका छौं ।”



प्रतिक्रिया दिनुहोस्