Logo

ऋषि धमला “नेश्नल ईन्टरटेनमेन्ट पत्रकारिता रजत सम्मान-२०७९” बाट सम्मानित



काठमाडौं, ३० साउन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला नेश्नल ईन्टरटेनमेन्ट पत्रकारिता रजत सम्मान २०७९ बाट सम्मानित भएका छन् ।

आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच धमलालाई उक्त अवार्ड प्रदान गरिएको हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धमलालाई सम्मानपत्र प्रदान गरेका हुन् । एन.ई.ए नेपालकै ठूलो अवार्डको रुपमा परिचित छ ।

एन.ई.ए.का अध्यक्ष सूर्य चन्द, प्रमुख अतिथि प्रचण्ड र कार्यक्रम संयोजक सविता पोखरेलको संयुक्त हस्ताक्षर रहेको सम्मानपत्रमा भनिएको छ-“श्री ऋषि धमलाज्यू, वरिष्ठ पत्रकार, विगत अढाई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारितामा निरन्तर क्रियाशिल रहेर पत्रकारिताका माध्यमले पुर्याउनुभएको योगदान अतुलनीय छ । पत्रकारितामा फरकधार निर्माण गरी राजनीतिक, सामाजिक, आर्थिक र मनोरञ्जनको क्षेत्रमा समेत आफ्नो क्षमता प्रदर्शन गरी लोकप्रियता हाँसिल गर्नुभई पत्रकारिता क्षेत्रको उन्नयनमा यहाँले पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड २०७९ को अवसरमा यहाँलाई नेशनल इन्टरटेनमेन्ट पत्रकारिता रजत सम्मान २०७९ अर्पण गर्दछौं ।”

 



प्रतिक्रिया दिनुहोस्