Logo

को बन्ला तेस्रो राष्ट्रपति



काठमाडौं, ३० साउन । प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ मा भएपछि नयाँ सरकारको मात्र टुंगो लाग्दैन नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको पनि टुंगो लाग्छ । यसमा चुनावी नतिजा र दलहरुबीचको सहमतिले असर गर्छ ।

देश गणतन्त्रमा गएपछि संविधान बमोजिम प्रतिनिधि सभाले राष्ट्रपति र उपराष्ट्रपति चयन गरेको थियो । पहिलो राष्ट्रपतिका रुपमा डा. रामवरण यादव र उपराष्ट्रपतिका रुपमा परमानन्द झा निर्वाचित भएका थिए । दुवैको गृहक्षेत्र मधेश नै हो ।

यादवपछि विद्या भण्डारी राष्ट्रपति भइन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लडेर बहुमत हासिल गर्न सफल भए । त्यसपछि तत्कालीन एमालेकी नेता विद्या भण्डारी राष्ट्रपति र तत्कालीन माओवादी केन्द्रका नेता नन्दबहादुर पुन पासाङ उपराष्ट्रपति निर्वाचित भएका थिए ।

अब हुने चुनावमा काँग्रेस, माओवादी, जसपा, नेकपा एस र राजमो मिलेर चुनाव लड्न लागेका छन् । गठबन्धन सफल भएमा राष्ट्रपति र उपराष्ट्रपतिमा उनीहरुबाटै कुनै नेता निर्वाचित हुने सम्भावना छ ।

गठबन्धनबाट राष्ट्रपतिको चर्चा अहिले देखि नै भइरहेको छ । नेकपा एसबाट झलनाथ खनाल, नेपाली काँग्रेसबाट कृष्णप्रसाद सिटौलालगायतको भावी राष्ट्रपतिका लागि नाम चर्चामा आउन थालिसकेको छ । गठबन्धनमा काँग्रेस या माओवादीले प्रधानमन्त्री दाबी गरेमा राष्ट्रपतिमा एसले दाबी गर्ने सम्भावना पनि छ ।

गठबन्धन असफल भएर एमाले सफल भएमा विद्या भण्डारी नै फेरि राष्ट्रपति हुने सम्भावना पनि छ । एमालेका अन्य नेताहरु पनि दाबेदारका रुपमा छन् । जसमध्ये अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायत छन् ।

सत्ता गठबन्धन या विरोधी गठबन्धनले देशको कुनै क्षेत्रमा प्रतिष्ठा बनाइआएकोलाई पनि बनाउनसक्ने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्