Logo

स्थानीय निर्वाचनमा राम्रो नतिजा आएको भए राजीनामा दिने थिइनँ-रवीन्द्र मिश्र



काठमाडौं, ३० साउन । विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहको निर्वाचनमा पार्टीको नतिजा नराम्रो आएकोले आफूले अध्यक्षबाट राजीनामा दिएको प्रष्ट्याएका छन् । उनले आफूले राजीनामा दिएको विषयमा धेरै किसिमले हल्ला चलाईको भनेर गुनासो पोखेका छन् । पार्टीले अढाई महिनापछि आफ्नो राजीनामा स्विकृत गरेको र नेतृत्व हस्तान्तरण भएकोमा राहत मिलेको बताएका छन् । उनले फेशबुकमार्फत नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिएका छन् ।

मिश्रले यस्तो लेखेका छन्-

प्रष्ट छु-स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए राजीनामा दिने थिइन। तर नतिजा अति नराम्रो भयो। राजीनामा दिएँ। वास्तविकता यही हो। हल्ला धेरै किसिमको चलाइयो। अन्तत्वगत्वास् अढाई महिनापछि साथीहरूले राजीनामा स्वीकृत गरिदिएका छन् र नेतृत्व हष्तान्तरण भएको छ। त्यसबाट राहत मिलेको छ। नयाँ नेतृत्वलाई ह्रिदयदेखिको शुभकामना अर्पण गर्दछु।

सानो राहत, ठूलो चुनौती!
(मन परे श्यर गरिदिन आग्रह सहित)
प्रष्ट छु: स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए राजीनामा दिने थिइन। तर नतिजा अति नराम्रो भयो। राजीनामा दिएँ। वास्तविकता यही हो। हल्ला धेरै किसिमको चलाइयो। अन्तत्वगत्वा: अढाई महिनापछि साथीहरूले राजीनामा स्वीकृत गरिदिएका छन् र नेतृत्व हष्तान्तरण भएको छ। त्यसबाट राहत मिलेको छ। नयाँ नेतृत्वलाई ह्रिदयदेखिको शुभकामना अर्पण गर्दछु।
तर अझ ठूलो चुनौतीको पहाड चड्नु छु। आजसम्म मैले जे देखेँ, भोगेँ, बुझेँ, पढेँ, त्यसबाट म पुगेको निष्कर्ष के हो भने, नेपालमा राजनीतिक-सामाजिक रूपमा ‘नरम संवर्धनवादी (moderate conservative)’ र अर्थ-राजनीतिक रूपमा उदार ‘कल्याणकारी (welfarist)’ बाटो नअपनाएसम्म यो देश मरिगए रूपान्तरण हुँदैन। यी दुई दर्शनलाई समिश्रण गर्न सक्ने विश्वासिलो पार्टी नेपालमा छैन। एजेण्डामात्र उठाएर पुग्दैन। त्यसका लागि विश्वासिलो शक्ति नै निर्माण गर्नु पर्ने हुन्छ।
साथीहरू, विचलित नहुनु होला। भोटको लागि भन्दा देशको लागि राजनीति गर्न खोज्दा अलि दुख पाइएको छ, जुन स्वभाविक हो। यो यात्रा सहज थिएन। सहज हुनेवाला छैन।
आउँदा दिनहरूमा म पार्टीभित्र र बाहिर मेरा दृष्टिकोणहरूबारे सक्दो व्याख्या गर्ने प्रयास गर्नेछु। विश्वास दिलाउन प्रयास गर्नेछु। सकेँ भने, सकिहालेँ, सकिन भने मुस्कुराउन र थप प्रयास गर्न छोड्ने छैन। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो!
अधिकांश मानिसहरू बोल्नै नसक्ने, बोल्यो कि चौतर्फी आक्रमणमा पर्ने र दानवीकरण हुने विषयमा बोल्दा यति धेरै दमित भावनाहरू शानदाररूपमा समर्थनमा उत्रिएलान् भन्ने मैले सोचेको थिइन। आँट गरेर आफूलाई अभिव्यक्त गर्ने सबैप्रति नमन गर्दछु!
तर यो यस्तो विषय हो जसप्रति शाब्दिक समर्थन जनाएर मात्र पुग्दैन। लक्ष्य हासिल गर्ने हो भने कर्म नै गर्नु पर्छ। त्यसका लागि राजनीतिक-सामाजिक रूपमा ‘मडरेट कन्जरभेटिभ’ धारका सम्पूर्ण व्यक्ति, समूह र पार्टीहरू एक ठाऊँमा आउनै पर्छ। नआउने हो भने मनको लड्डु घ्युसँग खाएर बसे सरह हुनेछ।
यदि तपाईं पनि त्यसैगरि सोचि रहनुभएको छ भने कृपया यो लिन्कमा छोटो सन्देश पठाउनु होला: https://rabindramishra.com/contact/ हामी तपाईंलाई उपयुक्त समयमा सम्पर्क गर्नेछौँ। (पुस्तक छिटै सार्वजनिक हुँदैछ।)



प्रतिक्रिया दिनुहोस्