Logo

नेपाल-भारतबीच आध्यात्मिक सनातन सम्बन्ध



नारायणप्रसाद ढकाल: भारत नेपालको सनातन समयदेखिको सुःख दुःखको नजिकको छिमेकी हो। हाम्रा सम्बन्धहरू कूटनीति र राजनीतिको सागुरो घेरा भन्दा धेरै माथि धेरै गहिरा र धेरै ऐतिहासिक छन्, त्रेता र द्वापर अनि बुद्धको समयमा हाम्रा सम्बन्धहरूले अनेक आदर्श स्थापित गरेका छन् । हिमालय देखि समुद्र सम्मको प्राकृतिक सम्बन्ध अनि मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधाम, लुम्बिनी र काशी,अयोध्या, हरिद्वार, बोधगया र चारधाम जस्ता अनेकौं साझा आराधना र श्रद्धा स्थलहरूले दुवै देशको सांस्कृतिक,आध्यात्मिक सनातन सम्बन्धको परिचय दिइरहेका छन्, दुबै देशका नागरिकहरूको एउटै संस्कृति, खानपान रहन सहन र आपसि पारिवारिक सम्बन्धले एक अर्कामा आत्मियता विश्वास र सहयोगी भावना प्रशस्त देख्न पाइन्छ ।

नेपालको शैक्षिक, सामाजिक र राजनीतिक विकास क्रममा भारतको अत्यन्तै नजिकबाट साथ र सहयोग रहेको इतिहास र वर्तमानले हामिलाई बताइरहेको छ । भारतमा मुगलहरू र अंग्रेजहरूको षड्यन्त्रपूर्ण लामो शासन व्यवस्थाका कारण भारत आफ्नो भारतीयताको मूल शैलिमा आउन धेरै लामो समय लागिरहेको अनुभूति त्यहाँका नागरिक र हामिले पनि गरेका छौं । कुनै समयमा विश्वलाई विश्वलाई अध्ययन अध्यापन गराउने तक्षशिला, नालन्दा जस्ता विश्वस्तरिय विश्वविद्यालय भएको भारत अनि १३ औं सताब्धी देखि १६ औं सताब्धीको विश्वकै उत्कृष्ट अर्थव्यवस्था भएको विजयनगर साम्राज्यहरू विदेशीहरूकोे आक्रमण कारण समाप्त भएर गए र विस्तारै कमजोर हुँदै गएको इतिहासका घटना क्रमहरूले वताएका छन् ।

शैक्षिक र सांस्कृतिक अध्यात्मिक केन्द्रहरू माथि गरिएको आक्रमणले न केवल भारतलाई पछि पा¥यो त्यसले सम्पूर्णसांस्कृतिक भारतवर्षलाई कमजोर र गंभीर अवस्थामा धकेलिदियो त्यस परिस्थितीबाट भारतलाई स्वतन्त्रता दिलाउन त्यति सहज र छिटो सम्भव थिएन त्यसैले भारतलाई विदेशीहरूको चंगुलबाट स्वतन्त्रता दिलाउन लामो समय लाग्यो, भारतलाई स्वतन्त्रता दिलाउने त्यस ऐतिहासिक लडाईमा तत्कालिन नेपाली नेतृत्व एवं वीरसैनिकहरूको पनि महत्व पूर्ण भूमिका रहेको थियो । जसलाई भारतीय जनताहरूले सधै उच्च सम्मानका साथ हर्ने गर्दछन् ।

विश्वकै ठूलो लोकतान्त्रिक देश भारतले स्वतन्त्रताको ७५ औं वर्ष उच्च आत्मविश्वस र सफलताका साथ पुरा गरेको यस ऐतिहासिक अवसरलाई “आजादिको अमृत महोत्सव” भन्ने मूल नाराका साथ विगत एक वर्ष मनाइरहेको छ । यस महत्वपूर्ण क्षणमा भारत पुनः आफ्नो गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै प्राचिन भारतको ज्ञान वैभव सम्पन्न परम्परा, सत्य, अहिन्सा, सनातन संस्कृति र अध्यात्म आधारित समृद्धताको आधार खडा गरी नेपालको मित्रराष्ट्र भारत विश्वमा विकसित र आदर्श राष्ट्रको रुपमा स्थापित हुन सकोस यही शुभकामना ।

(ढकाल प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव हुन् ।)



प्रतिक्रिया दिनुहोस्