Logo

एमसीसीका परियोजनामा यस वर्ष साढे ८ अर्ब खर्च



काठमाडौं, साउन ३१ । बहुचर्चित अमेरिकी अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत विद्युत् र सडकका संरचनामा चालू आर्थिक वर्ष (आव) २०७९/८० मा साढे ८ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिने भएको छ ।

एमसीए नेपालका अनुसार सडक मर्मत आयोजनामा ७ अर्ब ५७ करोड र विद्युत् प्रसारण लाइन आयोजनामा १ अर्ब ७ करोड रुपैयाँ खर्च हुनेछ । चालू आवका लागि एमसीसीअन्तर्गतका परियोजनालाई छुट्ट्याइएको बजेट ९ अर्ब २७ करोड रुपैयाँ हो ।

त्यसमध्ये ८ अर्ब ९१ करोड ४१ लाख रुपैयाँ अमेरिकी अनुदानको हुनेछ । नेपाल सरकारको स्रोतबाट ३६ करोड ५६ लाख रुपैयाँ बेहोरिने अर्थ मन्त्रालयको भनाइ छ । यो आयोजनाको अधिकांश रकम पूँजीगत प्रयोजनमा खर्च हुन्छ ।

एमसीसीको लक्ष्य करीब ३१५ किलोमीटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन र तीनओटा ४०० केभी क्षमताका सबस्टेशन निर्माण गर्ने र ७७ किलोमीटर सडकलाई नयाँ प्रविधिबाट मर्मत र विस्तार गर्ने हो । उक्त लक्ष्य प्राप्तिका लागि यसै वर्षबाट आयोजना कार्यान्वयन हुँदै छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्