Logo

युभेन्टसको विजयी शुरुवात



एजेन्सी । युभेन्टसले इटालियन लिग सिरि ए मा विजयी शुरुवात गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा ससौलोलाई ३-० गोलले पराजित गर्दै युभेन्टसले लिगमा सुखद शुरुवात गरेको हो ।

एल्लिनाज रंगशालामा भएको खेलमा युभेन्टसलाई जीत दिलाउन डुसान भाल्होभिकले दुई गोल गर्दा एन्जल डी मारियाले एक गोल गरे । २६ औं मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा डी मारियाले गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए ।

४३ औं मिनेटमा भाल्होभिकले पेनाल्टीमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । ५१ औं मिनेटमा भाल्होभिकले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई सहज जीततर्फ अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युभेन्टस ३-० गोलले विजयी भयो ।

जीतसँगै युभेन्टस ३ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ भने पराजित ससौलो अंकविहिन रहको छ ।

photo: www.sportingnews.com



प्रतिक्रिया दिनुहोस्