Logo

होटलको कोठामा पुरुष र महिला मृत भेटिए



काठमाडौं, साउन ३१ । बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठा नम्बर १३४ मा दुई जना मृत फेला परेका हुन्।

प्रहरीका अनुसार धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ वर्षका सीताराम भुजेल र दाङकी अन्दाजी ३३ वर्षकी पुष्पा नाम गरेकी महिला मृत फेला परेका हुन् ।

पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको हो भने महिलाको शव रगतले पोतिएको अवस्थामा बेडमा भेटिएको हो । उनीहरु आइतबार राति त्यस होटलमा बास बस्न आएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । घटनाको अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्